शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • ५ एसएसपी डीआईजी बढुवामा सिफारिस

५ एसएसपी डीआईजी बढुवामा सिफारिस

  • सोमवार, कार्तिक ११, २०८२
सेयर गर्नुहोस् :
५ एसएसपी डीआईजी बढुवामा सिफारिस

नेपाल प्रहरीको ५ जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ। आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको हो।

एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएको गृहमन्त्रालयले जनाएको छ। उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकबा सेवामा प्रवेश गरेकाहरू हुन्।

No description available.

चर्चामा

सम्बन्धित समाचार