शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • शिशु कल्याण माविका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर

शिशु कल्याण माविका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर

  • आइतवार, कार्तिक १०, २०८२
शिशु कल्याण माविका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशु कल्याण माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

आयोगले प्रधानाध्यापक रविलाल लुईटेल, लेखापाल छविलाल गाहा र तत्कालीन अध्यक्ष राम थापाले आपसी मिलेमतोमा विद्यालयको करिब रु. ४ लाख ७१ हजार ६६७ रुपैयाँ हिनामिना गरेको जिकिर गर्दै आइतबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

उनीहरूलाई विद्यालयलाई प्राप्त आइसीटी कार्यक्रमअन्तर्गतका सामग्री खरिदमा अनियमितता र विद्यालयको कोषबाट रकम निकाली फिर्ता नगरेको अभियोग लगाइएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको सजायसँगै हिनामिनाको रकम विद्यालयबाट असुल–उपर गर्न मागदाबी गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार