शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

  • आइतवार, कार्तिक १०, २०८२
आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

चर्चामा

सम्बन्धित समाचार