शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

  • आइतवार, कार्तिक ३, २०८२
कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

कैलाली— कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाकाे मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नम्बरको ट्याक्टर लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा आइतबार दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउद, ३४ वर्षीय हर्क साउद र १६ वर्षीय शीतल साउदको घटनास्थलमै मृत्यु भएको डीएसपी टेकबहादुर जाेराले जानकारी दिए ।

घाइते मध्ये चार जनाकाे अवस्था गम्भीर रहेका छन् । घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार