शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • नेतृत्वलाई जोडेर भएको टिका टिप्पणीमा नेपाली सेनाकाे ध्यानाकर्षण

नेतृत्वलाई जोडेर भएको टिका टिप्पणीमा नेपाली सेनाकाे ध्यानाकर्षण

  • शुक्रबार, अशोज २४, २०८२
सेयर गर्नुहोस् :
नेतृत्वलाई जोडेर भएको टिका टिप्पणीमा नेपाली सेनाकाे ध्यानाकर्षण

नेपाली सेनाले यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न आग्रह गरेको छ । शुक्रबार सेनाले अपिल जारी गर्दै नेपाली सेना सम्बन्धी जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न सम्पूर्णमा आग्रह गरेको हो ।

हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्व(अशाेक सिग्देल)लाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको बताउँदै भनेको छ,’सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ ।’

आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहल लिएको समेत जारी अपिलमा उल्लेख गरिएको छ ।

551154652_3749231365380889_4164112514548948398_n

चर्चामा

सम्बन्धित समाचार