शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाचार
  • भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज

भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज

  • बिहिबार, अशोज २३, २०८२
भूमि समस्या समाधान आयोग र सबै जिल्लाका समिति खारेज

सरकारले भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।

बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ । बैठकले चार जना डीआईजीको बढुवा गर्ने निर्णय पनि गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार