शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखहरुको आह्वान– राजनीतिक संवाद गरौं

प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखहरुको आह्वान– राजनीतिक संवाद गरौं

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुखहरुको आह्वान– राजनीतिक संवाद गरौं

काठमाडौं— प्रधानसेनापति सहित नेपालका सबै सुरक्षा अंगका प्रमुखहरुले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न आह्वान गरेका छन् ।

मुख्य सचिव, गृह सचिवसहित प्रधानसेनापति, सशस्त्र प्रहरी प्रमुख, नेपाल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरुले संयुक्त विज्ञप्ति निकालेर प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा शान्तिपूर्ण रुपमा समाधान निकाल्न आह्वान गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत भइसकेको हुँदा यस विषय परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आह्वान गर्दछौं । यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछौं ।’

आह्वान पत्रमा मुख्य सचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाको हस्ताक्षर छ ।

चर्चामा

सम्बन्धित समाचार