शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रास्वपाका सबै सांसदले राजीनामा दिंदै

रास्वपाका सबै सांसदले राजीनामा दिंदै

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
रास्वपाका सबै सांसदले राजीनामा दिंदै

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदले राजीनामा दिने भएका छन् । रास्वपा संसदीय दलको बैठकले सबै सांसदलाई राजीनामा गराउने निर्णय गरेको हाे ।

प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । जसमध्ये सांसद असिम शाह र ताेसिमा कार्कीले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आन्दोलनमा संलगन भएको घोषणा गरेका छन् । त्यस्तै रास्वपाकी सांसद सुमना श्रेष्ठले पनि राजीनामा दिने बताएकी छन् ।

लामिछानेले सोमबार नख्खु कारागारबाटै अपिल जारी गरी राजीनामाका लागि तयार रहन निर्देशन दिएका थिए।

जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध गरिरहेको आन्दोलनलाई रास्वपाले ऐक्यबद्धता जनाउँदै उनीहरुको माग पूरा गर्न सरकारलाई आग्रह गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार