शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • भैरहवा कारागारको भित्तामा रविले लेखेर हिँडे- अब कृष्ण जन्मंदैनन्, जन्मेकैहरू बन्नुपर्छ

भैरहवा कारागारको भित्तामा रविले लेखेर हिँडे- अब कृष्ण जन्मंदैनन्, जन्मेकैहरू बन्नुपर्छ

  • शनिबार, साउन ३२, २०८२
भैरहवा कारागारको भित्तामा रविले लेखेर हिँडे- अब कृष्ण जन्मंदैनन्, जन्मेकैहरू बन्नुपर्छ

काठमाडौं — रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आउन लागेका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा केही लेखेर आएको जानकारी पार्टीका नेताहरूलाई गराएका छन् ।

भैरहवा विमानस्थलमा पार्टी उपसभापति स्वर्णिम वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषयको जानकारी गराएका छन् ।

जसबारे प्रवक्ता झाले जानकारी गराएका हुन् ।

वाग्ले र झा कारागारमै भेट्नका लागि पुगेको भए पनि भेट्न नपाएको उनले बताएका छन् ।

कारागारमा भेट्न नपाएपछि गौतमबुद्ध विमानस्थलमा केहीबेर रविसँग भेट भएको र सो क्रममा उनले यसबारे जानकारी गराएको प्रवक्ता झाले बताएका छन् ।

‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भने, ‘अब कृष्ण जन्मिने छैन । जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ ।’

रविले राजनीतिक प्रतिशोधको मंगलग्रह नै लागे पनि आफू नडराउने बताएको पनि झाले बताए ।

‘राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो,’ झाले रविको भनाइ उद्धृत गर्दै भने, ‘जसरी सक्छन् जता सक्छन् लग्न देऊ । केही फरक पर्दैन ।’ लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा हुन लागेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार