शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • ४७ औं पुष्पलाल स्मृति दिवस बाजुरामा वृक्षारोपण गरी मनाइयो

४७ औं पुष्पलाल स्मृति दिवस बाजुरामा वृक्षारोपण गरी मनाइयो

  • बुधबार, साउन ८, २०८२
४७ औं पुष्पलाल स्मृति दिवस बाजुरामा वृक्षारोपण गरी मनाइयो

बाजुरा—नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस बाजुरामा पनि मनाइएको छ । बुधबार प्रेस चौतारी नेपाल बाजुराको आयोजनामा नेकपा एमाले जिल्ला कमिटीले वृक्षरोपण गर्दै दिवस मनाएको हो ।

पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवसमा जिल्ला कमिटीको पार्टी कार्यालय परिसर वृक्षरोपण गर्दै दिवस मनाइएको छ । वृक्षारोपणपछि एक औपचारिक कार्यक्रमविच सहभागीहरुले पुष्पलालको तस्वीरमा मर्ल्यापण गर्दै सम्झना व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै एमाले जिल्ला कमिटी सचिव काशी विकले पुष्पलालका विचार र योगदानले नेपालको कम्युनिस्ट आन्दोलन उचाईमा पुगेको बताएका छन् । उनले नेपालको मात्रै नभई विश्व कम्युनिस्ट आन्दोलनलाई सर्वउत्कृष्ट बनाउन पुष्पलापको महत्वपूर्ण योगदान गरेको भन्दै उनको त्यो योगदानलाई सम्झी रहेको बताए ।

दाजु गंगालाल श्रेष्ठ (शहीद) लाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो । २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। उनले वि.सं. २००६ साल वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्यसँग मिलेर भारतको कोलकातामा बसेर कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । वि.स. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा भएको थियो।

प्रेस चौतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी जिल्ला कमिटी सचिव काशी विक रहेका थिए । त्यस्तै कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य, भातृ संगठनका प्रतिनिधि लगायत सहभागी थिए ।

कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल जिल्ला सचिव सुशिल रोकायाले गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार