शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • काङ्ग्रेस नेता शाह सम्मानित

काङ्ग्रेस नेता शाह सम्मानित

  • मङ्लबार, साउन ७, २०८२
काङ्ग्रेस नेता शाह सम्मानित

बाजुरा– नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालयमा सहयोग गर्ने दाताहरु मध्य बाजुराका काग्रेस नेता चक्र शाहलाई नेपाली काङ्ग्रेस पार्टीले सम्मान गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बीपी स्मृति दिवसको अवसरमा बिशेश कार्यक्रम मार्फत देशभरीबाट सहयोग गर्ने नेता स‌गै शाहलाई सम्मान गरेका छ्न।
पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी छन् । नेपाली कांग्रेसको स्थापनाअघि देखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवम् संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु पुस्तकालयमा उपलब्ध हुने छन् ।

चर्चामा

सम्बन्धित समाचार