शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने

रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने

  • सोमवार, असार १६, २०८२
रुपन्देही-३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने

काठमाडौं — रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार रुपन्देही -३ मा उक्त दिन उपनिर्वाचन गर्ने निर्णय भएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बारे औपचारिक पत्र नआएकोले केही निर्णय नभएको उनले बताए । उक्त क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएपछि सो क्षेत्र खाली छ ।

निर्वाचन आयोगले सो क्षेत्रमा पनि उपनिर्वाचन गराउनुपर्ने छ ।

चर्चामा

सम्बन्धित समाचार