
धेरै सुनिन्छ, धेरै देखिन्छ
तर,
बोल्न डर लाग्छ आज पनि
दबाइन्छ यहाँ सत्यको आवाज झुट्टाको जात्रामा
मन बिर्सिएर पो अन्धकार फैलिन थाल्छ
खेती लोभको, बीउ पापको बढ्दैछ
इमान बिर्सिएर, बेमानको महल बलियो बन्दैछ ।
त्यसैले त
सत्यको आवाज गुम्सिएर न्याय लुटिएर सकिदैछ ।
भाव देखाउँछ, दाइजो माग्छ,
भक्ति देखाउँछ यहाँ
विडम्बना,
देवीको पूजा बिहान हुन्छ
साँझमा सुनिन्छ बलत्कार
शिक्षा त लिएकैछ
तर,
सोचमा दरिद्रता
बाँच भ्रष्टतामा
मन्दिरमा चढ्छ सुनको मुकुट
लुगा छ धार्मिक, अधार्मिक मन,
झुट्टा छ उपदेश
शब्दमा शान्ति, व्यवहारमा लफडा
ज्ञानको अभाव, अंकमा जोडबल शिक्षाको नाउँमा
पोलिन्छ आत्मा लफडाले, बुद्ध जन्मेको ठाउँमा ।
