शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • संसद्‍मा प्रधानमन्त्री ओलीको सम्बोधन : कस्तो छ स्पेन भ्रमण तालिका ?

संसद्‍मा प्रधानमन्त्री ओलीको सम्बोधन : कस्तो छ स्पेन भ्रमण तालिका ?

  • शनिबार, असार १४, २०८२
संसद्‍मा प्रधानमन्त्री ओलीको सम्बोधन : कस्तो छ स्पेन भ्रमण तालिका ?

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा जाने कार्यतालिकाबारे जानकारी गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा ओलीले स्पेन भ्रमणको तालिका र भेटघाट तथा अन्य कार्यक्रमबारे जानकारी गराएका हुन्।

संयुक्त राष्ट्रसंघको “विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन”मा सहभागि हुन म आज साँझ औपचारिक भ्रमणमा जाँदैछु। मित्र राष्ट्र स्पेनको सेभिया शहरमा आयोजना हुने यो अन्तर्राष्ट्रिय सम्मेलनको एक दशकमा आयोजना गरिन्छ। संयुक्त राष्ट्रसंघको महासभामा जस्तै यस सम्मेलनमा पनि सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको समेत सहभागिता हुन्छ।’ ओलीले भने, ‘आज असार १४ गते साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै हाम्रो यात्रा सुरु हुन्छ, स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुग्ने कार्यक्रम तालिका छ।’

ओलीको भ्रमण टोलीमा २१ जना सहभागि हुने छन्। उनले भ्रमणमा स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजसँग द्विपक्षीय बैठक र स्तोनियाका राष्ट्रपति अलार कारिससँग द्विपक्षीय बैठक हुने जानकारी दिए। प्रधानमन्त्री ओली आज साँझ गएर असार २० गते फर्कने कार्यतालिका छ।

यस्तो छ ओलीले जानकारी गराएको भ्रमण तालिका

असार १४ गते

साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै हाम्रो यात्रा सुरु हुन्छ, स्पेनको राजधानी म्याड्रिडमा असार १५ गते बिहान पुग्ने कार्यक्रम तालिका छ।

भ्रमणको दोस्रो दिन,
असार १५ गते दिउँसो करिब ४ बजे भ्रमण टोली स्पेनको सहर सेभियामा पुग्ने।
 लगत्तै नागरिक समाजले आयोजना गरेको प्लेनरीको समापन सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ, जहाँ स्पेनका मन्त्रिपरिषद्का महामहिम अध्यक्षसहित विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने जानकारी गराइएको छ।
 साँझ ५ बजे स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) महामहिम श्री पेद्रो साञ्चेजसँग हाम्रो प्रतिनिधि मण्डलको द्विपक्षीय बैठक तय भएको छ।
 असार १५ गतेको अन्तिम कार्यक्रम, स्पेनका नरेशद्वारा राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको स्वागतमा आयोजना गरिने रात्री भोज रहेको छ।

भ्रमणको तेस्रो दिन
 बिहान उद्घाटन सत्रमा सहभागि।
 अपरान्ह गेट्स फाउण्डेशनद्वारा आयोजना गरिएको विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा सम्बोधनको लागि हामीलाई आमन्त्रण गरिएको छ।
 दिउँसो १ बजे मित्र राष्ट्र स्तोनियाका महामहिम राष्ट्रपति महामहिम श्री अलार कारिससँग द्विपक्षीय बैठक हुनेछ।
 दिउँसो ३ देखि ४ बजेको बीचमा नेपालका प्रधानमन्त्री एवम् अल्प विकसित राष्ट्रहरु (एलडिसी)को अध्यक्षको हैसियतमा मैले सम्मेलनलाई सम्बोधन गर्नेछु।
 अपरान्ह ४:०० देखि ५:१५ को बीचमा निम्नानुसार तिनवटा द्विपक्षीय बैठक हुनेछन्ः
o इजिप्टका प्रधानमन्त्री महामहिम डा. मोस्तफा कमाल माडबुलीसँग द्विपक्षी बैठक
o पोर्चुगलका प्रधानमन्त्री महामहिम श्री लुइ मोन्टेनेग्रोसँगको द्विपक्षीय बैठक
o संयुक्त राष्ट्रसंघ महासचिव महामहिम श्री अन्तोनियो गुटरेससँगको बैठक
 तेस्रो दिनको अन्तिम कार्यक्रम, स्पेन सरकारका महामहिम अध्यक्ष (प्रधानमन्त्री) द्वारा दिइने औपचारिक रात्री भोज रहेको छ।
भ्रमणको चौथो दिन
 पहिलो कार्यक्रम, मैले बिहान ८:३० बजे अल्पविकसित मुलुकहरुको उच्चस्तरीय बैठकको अध्यक्षता सहित उद्घाटन मन्तव्य दिने छु।
 बिहान १०:३० बजे स्पेन सरकारका अध्यक्ष महामहिम पेद्रो साञ्चेजद्वारा आयोजना गरिने वैश्विक ऐक्यबद्धतामा लगानीः विकास सहयोगको नयाँ दृष्टिकोण शीर्षकको उच्चस्तरीय साइड–इभेन्टमा सम्बोधन गर्नेछु।
 अपरान्ह १२:३० पछि नेपाल सरकार, बंगलादेश, लाओ र संयुक्त राष्ट्रसंघ आवासीय संयोजक (युएनआरसी)को संयुक्त आयोजनामा हुने अल्पविकसित देशबाट दिगो स्तरोन्नतिको लागि सशक्त सहनशीलता तथा जलवायू वित्तिय व्यवस्था (इम्पाओरिङ रेजिलेन्स, क्लाइमेट स्मार्ट फानान्सिङ फर सस्टेनेवल एलडिसी ग्राजुएशन) उच्चस्तरीय साइड–इभेन्टलाई सम्बोधन गर्नेछु।
 अपरान्हमा नै नेपाल र बुरुण्डीद्वारा सहआयोजना गरिने राष्ट्रप्रमुख/सरकार प्रमुखहरुको पहलमा पानी तथा सरसफाइ वित्तिय स्रोतको प्रवाह शीर्षकको इभेन्टमा सम्बोधन गर्नेछु।
 दिउँसो ३ बजे थिम आधारित राउण्ड टेबल (अन्तर्राष्ट्रिय विकास सहयोगको पुनर्जीवन) मा सम्बोधन गर्ने कार्यक्रम छ।
 साँझ ८ बजे स्पेनका लागि नेपाली राजदूतले आयोजना गर्नुहुने रात्री भोजमा हाम्रो सहभागिता हुनेछ।
पाँचौं दिन, असार १८ गते। हामी सेभियाबाट म्याड्रिड फर्किने छौं। म्याड्रिड पुगेसँगै कार्यक्रममा संलग्न हुने तालिका तय भएको छ।
 साँझ ५ बजे बाट सुरु हुने नेपाल–स्पेन विजनेश तथा लगानी प्रबर्धन साँझ नामक कार्यक्रममा मैले त्यहाँको प्रतिष्ठित व्यवसायीहरूलाई सम्बोधन गर्नेछु। नेपालमा लगानी गर्न आव्हान गर्नेछु।

छैटौ दिन, भ्रमणको अन्तिम दिन।

स्वदेश फर्किनु अघि रियल म्याड्रिड फुटबल क्लबका अधिकारीहरूसँगको भेटघाट र साण्टियागो वर्नावाउ रंगशालाको अवलोकन गर्ने कार्यक्रम छ।

केही महत्वपूर्ण स्थानहरुको अवलोकन साथै हाम्रो राजदूतावासको अवलोकन गरिने छ। अन्तिम कार्यक्रमको रुपमा स्पेनमा रहेका नेपाली समुदायसँगको भेटघाट राखिएको छ। यसै दिन राती १०:४५ बजे दोहाको लागि प्रस्थान गरिने छ। असार २० गते दिउँसो ४:४५ बजे हाम्रो काठमाडौंमा अवतरण गर्ने कार्य तालिका छ।

चर्चामा

सम्बन्धित समाचार