• होमपेज
  • समाचार
  • संसदमा रास्वपाको अवरोध जारी, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

संसदमा रास्वपाको अवरोध जारी, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

  • शुक्रबार, असार ६, २०८२
संसदमा रास्वपाको अवरोध जारी, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हटाइयो

काठमाडौं— रास्वपा सांसदहरुले आज पनि संसदमा अवरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले संसद बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा सांसदहरु आआफ्नो ठाउँबाट उठेर बैठक अवरुद्ध गरेका हुन् ।

लगत्तै सभामुखले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको जानकारी गराएका छन् ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम राखिएको दिन रास्वपाका पुरुष सांसदहरु कालो कपडा र निलो रिबनसहित संसद भवन पुगेका थिए ।

चर्चामा

सम्बन्धित समाचार