शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • देशभित्र भेटघाट गर्न मैले एमालेसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

देशभित्र भेटघाट गर्न मैले एमालेसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

  • मङ्लबार, जेष्ठ २८, २०८२
देशभित्र भेटघाट गर्न मैले एमालेसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
फाइल तस्विर

विराटनगर— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको बताएकी छन् । नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको उनको भनाइ छ ।

मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा भण्डारीले वाम एकताको सम्भावनाका साथै सक्रिय राजनीतिमा आउने सम्भावना र अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भावी नेतृत्वबारे चलाइएका चर्चाबारे दिएको अभिव्यक्तिसँग सम्बन्धित जिज्ञासा समेत मेटाउने कोसिस गरेकी छन् ।

कुराकानीको क्रममा उनले आफू देश दौडामा निस्किँदा एमालेलाई सोध्नु नपर्ने समेत अभिव्यक्ति दिइन् । सञ्चारकर्मीले तपाईं पूर्व आउँदा काठमाडौंतिर किन भूइँचालो जान्छ भनेर प्रश्नमा उनले भनिन्, ‘पूर्वमा म दुइटा कार्यक्रमको सन्दर्भमा आएको हो। पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय स्तरको कार्यक्रम थियो, त्यसको सन्दर्भमा म आएको हुँ। अर्को चाहिँ हाइस्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए। मलाई पनि रुचि थियो उहाँहरूले बोलाउनुभयो र आएँ। चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरुमा पनि चिनजान हुन्छ। जनताको आकांक्षा बुझ्न म लागेको छु। म देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’

चर्चामा

सम्बन्धित समाचार