शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • प्रदेशसभा अधिवेशनबारे सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे सर्वदलीय छलफल

प्रदेशसभा अधिवेशनबारे सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे सर्वदलीय छलफल

  • शनिबार, जेष्ठ ११, २०८२
प्रदेशसभा अधिवेशनबारे सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे सर्वदलीय छलफल

धनगढी— सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट अधिवेशनको पूर्व सन्ध्यामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलसँग छलफल गरेका छन् । शाहले शनिबार सर्वदलीय बैठक बोलाउदै प्रदेश सभाका सत्तापक्षीय र प्रतिपक्ष दलबीच छलफल गर्दै आइतबारदेखि सुरू हुने प्रदेश सभाको बजेट अधिवेशन सञ्चालन बारे छलफल गरेका हुन् ।No description available.

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय धनगढीमा सम्पन्न बैठकमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताहरूको उपस्थिति रहेको थियो । बैठकमा आगामी अधिवेशन नियमित सञ्चालन, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शाहले सहभागी दलका नेताहरूसँग संसदलाई प्रभावकारी बनाउने र नागरिकका समस्याहरू समाधानमा केन्द्रित रहने गरी परिणाममुखी कार्य सम्पादनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उनले चालु आर्थिक वर्षमा देखिएका समस्या सुधार गर्दै विकास खर्चलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको उल्लेख गरे । बैठकमा सहभागी विपक्षी र सत्तारुढ नेताहरूले सरकारलाई सुझाव समेत दिएका थिए ।

प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलको लगातारको अवरोधपछि सरकारको सिफारिसमा प्रदेश प्रमुखले २५ चैतमा प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य गरेका थिए ।

सरकारले जथाभावी नियुक्ति गरेर राज्यमाथि व्ययभार बढाएको, सुशासनको नारा लगाउदै आएपनि आर्थिक अनियमित खर्च गर्दै आएको जस्ता आरोप लगाएर प्रतिपक्षी दलहरूले प्रदेश सभामा अवरोध गर्दै आएका थिए ।

शनिबारको सर्वदलीय बैठकमा सहभागी माओवादी केन्द्रका उपनेता अक्कलबहादुर रावलले सरकार आफूहरूका माग, मुद्दा सम्बोधन गर्न सकारात्मक नदेखिएको बताउँदै बजेट अधिवेशनमा अवरोध कायमै राख्ने कि सहज रूपमा बैठक अघि बढाउने विषयमा आन्तरिक परामर्श भइरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार