शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता

कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता

  • मङ्लबार, बैशाख ३०, २०८२
सेयर गर्नुहोस् :
कांग्रेस सांसद माया राईविरूद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं —कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्धको पुरक अभियोजनमा ३७ लाख बढी बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।

२० जनाको जाहेरीको पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो । सांसद राई यो सहकारीको सहसचिव समेत थिइन् । उनको पालामा सहकारीको रकम अपचलन भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै पूरक अभियोजनमार्फत मंगलबार सहकारी ठगीको कसुरमा मुद्दा दायर भएको जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार