• होमपेज
  • समाचार
  • ‎बर्दियाको मधुवन वडा न ८ लाई वालविवाह मुक्त वडा घोषणा

‎बर्दियाको मधुवन वडा न ८ लाई वालविवाह मुक्त वडा घोषणा

  • आइतवार, बैशाख २१, २०८२
‎बर्दियाको मधुवन वडा न ८ लाई वालविवाह मुक्त वडा घोषणा

‎बर्दियाको मधुवन  नगरपालिका वडा नं. ८ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ  । ‎एक समारोहका विच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

‎पालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार  वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ । वडामा गरिएको सर्वेक्षण अनुसार  १४ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।
‎मधुवन नगरपालिकालाई नै वालविवाह मुक्त बनाउन पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह (वि ग्रुप ), बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैर सरकारी संस्थाहरु विगत ३ वर्ष देखि कृयाशील छन् । यस अधि मधुवन नगरपालिकाको वडा नं. ४ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार