• होमपेज
  • समाचार
  • सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव सूचिबाट हटाइयो

सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव सूचिबाट हटाइयो

  • सोमवार, बैशाख १५, २०८२
सहिद दशरथ चन्द विश्वविद्यालयको विधेयक पारित गर्ने प्रस्ताव सूचिबाट हटाइयो

कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने र पारित गर्ने कार्य सूचि हटाइएको छ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा दफावार छलफलपछि विधेयक प्रतिनिधि सभामा प्रस्तुत गर्ने कार्य सूचि रहेको थियो। सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको प्रतिवेदनसहित विधेयक प्रतिनिधि सभामा सोमवार प्रस्तुत गर्ने कार्य सूचि रहेकोमा हटाइएको हो।

प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस भनि प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेकोमा दुबै हटाइएको छ। प्रतिनिधि सभाको सोमवार बिहान ११ बजे सुरु भएको बैठक दिउँसो ३ बजेसम्म लम्बिएपछि कार्यसूचीबाट सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्व विद्यालय विधेयक, २०८१ प्रस्तुत र पारित गर्ने कार्यसूची सभामुखले हटाएका हुन्।

चर्चामा

सम्बन्धित समाचार