शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • डोटीमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत

डोटीमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत

  • बुधबार, बैशाख १०, २०८२
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत

डोटी— भीमदत्त राजमार्ग अन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा चालक बझाङको बुङ्गल नगरपालिका–२ दहबगरका अर्जुन धामी, उज्वल जाग्री र जगत धामी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडर, डोटीले जनाएको छ ।

धनगढीबाट खाद्यान्न र खुद्रा सामान बोकेर बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१ ०००१ ख ३४२८ नम्बरको मिनी ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

त्यसको जानकारी पाउनासाथ प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र सिंह पुजाराको कमाण्डमा १० जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । घटनास्थल बुडरबाट ११ किलोमिटर उत्तर पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार