सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • समाचार
  • पूर्वाधार विकाससहित तीनवटा समितिको बैठक बस्दै

पूर्वाधार विकाससहित तीनवटा समितिको बैठक बस्दै

  • बिहिबार, चैत्र २७, २०८१
पूर्वाधार विकाससहित तीनवटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको ५७औँ बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार