धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन्।
मुख्यमन्त्री शाहले आज उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्। प्रेस युनियनको नेतासमेत रहेका बमले राजनीति र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गर्नुभएको छ। उनीँ २०६२ सालदेखि पत्रकारितामा आबद्ध छन्। विगतमा धनगढी पोस्ट, अनुमोदन दैनिक लगायतका सञ्चार माध्यममा काम गरेका बम पछिल्लो समय न्युज दैनिकमा कार्यरत छन्।