• होमपेज
  • समाचार
  • राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित

राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित

  • आइतवार, फाल्गुन २५, २०८१
राष्ट्रियसभा बैठक चैत ४ गतेसम्म स्थगित
फाइल तस्विर

काठमाडौँ — राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए ।

त्यसअघि सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतमा उठेका प्रश्नको सरकारलाई जवाफ दिन अध्यक्ष दाहालले निर्देशन दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार