• होमपेज
  • समाज
  • बेलौरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सिताराम रिजालको निधन

बेलौरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सिताराम रिजालको निधन

  • शनिबार, फाल्गुन २४, २०८१
बेलौरी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष सिताराम रिजालको निधन

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ । केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२:३० बजे आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् । उनकाे श्रद्धाञ्जलीका लागि आज बिहान १०:०० देखि ११:०० बजेसम्म पार्थिव शरीर वडा कार्यालयमा राखिने र त्यसपछि आजै दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

२००९ भदौ ५ गते धादिङ जिल्लाको साबिक नीलकण्ठ गाउँ पञ्चायत वडा नम्बर ५ साँखुमा बुवा मुक्तिनाथ रिजाल र आमा वाल कुमारी रिजालको कोखबाट जन्मिएका सिताराम रिजाल २०३९ सालको गाउँ पञ्चायत निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित भएका थिए। २०४१ सालतिर उनकाे परिवार सहित कञ्चनपुरको साबिक लक्ष्मीपुर गाविस वडा नम्बर ९ (हाल बेलौरी नगरपालिका वडा नम्बर ३) मा बसाइँ सरेका थिए ।

२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर झिनो मतान्तरले पराजित भए  । त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँ वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

उनकी श्रीमती डिल कुमारी रिजालको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो ।  वडाध्यक्ष रिजालको असामयिक निधनले बेलौरी क्षेत्रमा शोकमा रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार