शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीकै मृत्यु

कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीकै मृत्यु

  • शनिबार, फाल्गुन १०, २०८१
कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमा-छोरीकै मृत्यु

धनगढी– कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले शुक्रबार दिउँसो कैलारी गाउँपालिकास्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको बताए ।

मृतकका छोराले दुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए । उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार