शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिम प्रदेश सभाका चार सभापतिले लिए शपथ

सुदूरपश्चिम प्रदेश सभाका चार सभापतिले लिए शपथ

  • आइतवार, फाल्गुन ४, २०८१
सुदूरपश्चिम प्रदेश सभाका चार सभापतिले लिए शपथ

धनगढी— सुदूरपश्चिम प्रदेश सभाका चार सभापतिहरूले शपथग्रहण गरेका छन। चार संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएपछि आइतवार शपथग्रहण गरेका हुन।

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावल, सामाजिक विकास समितिको सभापतिमा नेकपा (एमाले)का धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली काँग्रेसका तुल्सी देवकोटाले शपथग्रहण गरेका छन्।

गत पुस ११ मा सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो। उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीले अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउने सहमति भएको हो। विशेषाधिकार समिति काँग्रेसको भागमा परेको थियो। आज सोही सहमतिअनुसार काँग्रेस, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दर्ता गरेका थिए।

सुदूरपश्चिम प्रदेशका सबै संसदीय समितिमा यसअघि नै निर्वाचन भएर सभापति चयन भइसकेको हो। तर, विधायन तथा प्रदेश मामिला समितिबाहेकका तीन समितिका सभापतिलाई नै मन्त्री अवसर आएर मन्त्री भएपछि ती समिति ज्येष्ठ सदस्यको भरमा चलीरहेका थिए। विधायन तथा प्रदेश मामिला समितिमा भने देवानसिंह विष्ट सभापति छन्।

चर्चामा

सम्बन्धित समाचार