शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • समाज
  • धनगढीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरी बलात्कृत

धनगढीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरी बलात्कृत

  • आइतवार, माघ २७, २०८१
धनगढीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरी बलात्कृत

धनगढी—कैलालीको धनगढीमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी किशोरीलाई १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले बताए ।

बाजुराबाट अध्ययनका लागी धनगढी बस्दै आएकी उनी ७ कक्षामा पढ्दै छिन् । स्कुलबाट घर फर्किने क्रममा युवकले आफ्नो घरमा लगेर उनलाई बलात्कार गरेको डीएसपी बोहराले जानकारी दिए । घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार