मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • समाज
  • अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

  • सोमवार, माघ २१, २०८१
सेयर गर्नुहोस् :
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका–१ निवासी ४० वर्षीय बिर्खराज राई रहेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले राईले आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा आज निजलाई पक्राउ गरिएको बताए ।

प्रहरी निरीक्षक रवि रावल नेतृत्वको टोलीले राइको घरभित्र लुकाई राखेको भरुवा बन्दुक फेला पारेको उनले जानकारी दिए । राईमाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार