
बाजुरा– नेकपा एमाले त्रिवेणी नगर कमिटीको दोस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । आइतवारबाट सुरु भएको नगर कमिटीको अधिवेशनबाट अध्यक्षमा लोग बहादुर रावल रहने गरि सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो ।
त्यस्तै एमाले त्रिवेणी नगर कमिटीको उपाध्यक्षमा जीत बहादुर बुढा, सचिवमा जयवी साउँद, सह सचिवमा डम्मरा देवी बुढा प्रकाश बहादुर बुढा लगायत सिंगो टिम सर्वसम्मत चयन भएको जनाएको छ ।
एमाले त्रिवेणी नगर कमिटीको दोस्रो अधिवेशन आइतवार एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा उद्घाटन भएको थियो ।
