बाजुरा–बाजुरामा आगामी दुई दिन राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । निर्माण भइसकेको ३३।११ के.भि बाजुरा सबस्टेशन देखि ३३।११ के.भि साँफेवगर सबस्टेशनसम्म सबस्टेशन अर्न्तगतको लाइन चार्जिङ तथा टेष्टिङको काम भइरहेकाले दुई दिन लाइन अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका अनुसार शनिवार र पुष २९ गते सोमवार बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत लाइन अवरुद्ध हुने भएको छ ।