• होमपेज
  • समाचार
  • माफी माग्दै बजगाईंले फिर्ता लिए मन्त्री पाण्डेविरुद्धको अभिव्यक्ति

माफी माग्दै बजगाईंले फिर्ता लिए मन्त्री पाण्डेविरुद्धको अभिव्यक्ति

  • बुधबार, मंसिर ५, २०८१
माफी माग्दै बजगाईंले फिर्ता लिए मन्त्री पाण्डेविरुद्धको अभिव्यक्ति

नेपाली काङ्ग्रेसका सांसद राजेन्द्र बजगाईंले आफ्नै पार्टीका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेविरुद्ध दिएको अभिव्यक्ति फिर्ता लिएको सार्वजनिक गरेका छन् । बजगाईंले पाण्डे लक्षित आफूले दिएको अभिव्यक्तिले चोट पुगेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत माफी माग्दै अभिव्यक्ति फिर्ता लिएको बताएका हुन् ।

‘सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुङ्गानासँग छलफल भयो’, बजगाईंले लेखेका छन्, ‘मैले लगाएको आरोपले उहाँ मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त लाञ्छित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्राथी छु ।’ सांसद बजगाईंले मन्त्री पाण्डेमाथि भैरहवाको एक क्यासिनो सञ्चालन गर्ने क्रममा आर्थिक लेनदेन गरेको आरोप लगाएका थिए ।

rajendra

चर्चामा

सम्बन्धित समाचार