बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • राजनीति
  • मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

  • शनिबार, कार्तिक २४, २०८१
मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौँ —मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् । शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको हो ।

कोशी प्रदेश सरकारका आन्तारिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारीमाथि जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लागेको थियो । सो आरोप लागेलगत्तै उनले मन्त्री पद र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन् ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार