बुधबार, कार्तिक १४, २०८१
  • होमपेज
  • समाज
  • विश्व खाद्य दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगितामा बुढीनन्दाका देवकोटा प्रथम

विश्व खाद्य दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगितामा बुढीनन्दाका देवकोटा प्रथम

  • सोमवार, कार्तिक १२, २०८१
विश्व खाद्य दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगितामा बुढीनन्दाका देवकोटा प्रथम

बाजुरा १२ कार्तिक– बाजुरा जिल्लामा आयोजित ४४ औं विश्व खाद्य दिवसको अवसरमा आयोजना जिल्ला स्तरिय निबन्ध प्रतियोगितामा बुढीनन्दा नगरपालिकाको जनप्रकाश माध्यामिक बिद्यालयमा अध्यानरत सर्कल देवकोटा प्रथम भएको छन ।
त्यस्तै बुढीगंगा नगरपालिकाको भानोदय माध्यामिक विद्यालयमा अध्यनरत सम्बेग थापा द्धितिय भएका छन, भने स्वामीककार्तिक खापर गाउपालिकाको सम्भुशुनन्दा माध्यामिक विद्यालयमा अध्यानरत निशान्त जोशी तृतिय भएका छन् ।
शुखी जिवन र समुन्नत भब्ष्यिको लागि खाद्य अधिकार भन्ने मुल नाराका साथ जिल्लाका ९ ओटा स्थानिय तहका ९ र १० कक्षाका बिध्यार्थीहरुले सहभागिता जनाउने गरि सवै पालिकालाई पत्राचार गरिएको जिल्ला कृर्षि ज्ञानकेन्द्र बाजुराका प्रमुख भूमिराज उपाध्यायले जानकारी दिए ।
विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यहरूलाई प्रवर्द्धन गर्न तथा सबैका लागि स्वास्थ आहार सुनिश्चित गर्न उक्त दिवस मनाइने भएको हो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूसँगको समन्वयमा निबन्ध लेखन सहित एक भब्य कार्यक्रमका गरी मनाएको हो । विश्वमा प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस अक्टोबर महिना भरी उपयुक्त मितिमा मनाइने प्रचलनअनुसार बाजुरा जिल्लामा कार्तिक १२ गते मनाएको हो ।
बडिमालिका नगरपालिका कृषि शाखा र कृषि ज्ञान केन्द्र बाजुराको संयूक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता बडिमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बाजुरा जिल्लाबाट पूर्व प्रतिनिधि सभा सदस्य लालबहादुर थापा रहेका थिए ।
त्यस्तै बिशिष्ट अथिति बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्या नेकपा एकिकृत समाजबादी अध्यक्ष पुर बहादुर रावत नेकपा माओबादी केन्द्रका पार्टी प्रतिनिधि रहेका थिए । बडिमालिका नगरपालिकाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । त्यसै गरी सरकारी कार्यालयका प्रमुख प्रतिनिधि गैर सरकारी सस्थाका प्रमुख एवम प्रतिनिधि पत्रकार खाद्य अधिकारकर्मीहरुको उपस्थििति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार