सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • देश
  • धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ

धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ

  • आइतवार, कार्तिक ११, २०८१
धनगढीबाट लागूऔषधसहित तीन जना पक्राउ

धनगढी– कैलालीको धनगढीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ शिवनगरबाट सोही ठाउँका २१ वर्षीय अर्जुन बोगटीलाई ५५० मिलिग्राम, र धनगढी उपमहानगरपालिका– ५ का १८ वर्षीय किशोरलाइ पक्राउ गरेकाे छ । वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरी टोलीले ५४० मिलिग्राम लागुऔषध सहित  नियन्त्रणमा लिएको हो।

यसैगरी स्थायी प्रहरी पोष्ट बसपार्क कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका– ४ बसपार्कबाट दिपायल सिलगढी नगरपालिका–५ बस्ने २४ वर्षीय प्रदिप धोवीलाई ७० मिलिग्राम लागू औषधसहित तीनै जनालाइ शनिबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार