शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • क्रिकेट
  • क्रिकेटर सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

क्रिकेटर सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

  • शुक्रबार, कार्तिक २, २०८१
क्रिकेटर सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने

काठमाडौं —क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।

नेपालले अमेरिकाबीच तीन खेलको टी-२० शृंखला शुक्रबारदेखि आजदेखि सुरू भएको थियो । पहिलो खेल नेपालले जितेको छ । नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग-२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।

चर्चामा

सम्बन्धित समाचार