• होमपेज
  • राजनीति
  • बाजुरा पुगेर एमाले उपमहासचिव ज्ञवालीले भने- चेतन ऐडीलाई हामी सधैं सम्झिरहने छौँ

बाजुरा पुगेर एमाले उपमहासचिव ज्ञवालीले भने- चेतन ऐडीलाई हामी सधैं सम्झिरहने छौँ

  • सोमवार, अशोज १४, २०८१
बाजुरा पुगेर एमाले उपमहासचिव ज्ञवालीले भने- चेतन ऐडीलाई हामी सधैं सम्झिरहने छौँ

बाजुरा — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बाजुराका एक होनाहर युवा स्वर्गीय चेतनदीप ऐडीलाई सबैं सम्झिरहने बताएका छन् । एमाले जिल्ला कमिटी बाजुराको नेता तथा कार्यक्रतालाई प्रशिक्षण दिन बाजुरा पुगेका उपमहासचिव ज्ञवालीले स्वर्गीय ऐडीका परिवारसँग सदरमुकाम मार्तडीमा भेटघाट समेत गरेका छन् ।

पार्टी उपमहासचिव ज्ञवालीले परिवारजनसँग भेटघाटपछि आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमा चेतनलाइ स्मरण गर्दै यस्ताे लेखेका छन्, २०७९ मङ्सिर ४ गते आम निर्वाचनको मतदानका दिन बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका -७ मालाकोटमा नृशंश रूपमा हत्या गरिनु भएका चेतन ऐडीका परिवारजनसँग, उहाँकै घरमा । कमरेड चेतन, हामी सधै सम्झिरहने छौँ ।

उपमहासचिव ज्ञवाली जिल्ला कमिटीको तीन दिने प्रशिक्षण कार्यक्रम स‌ंगै नेता तथा कार्यकर्ता भेटघाटमा व्यस्त रहेका जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार