• होमपेज
  • बडिमालिका
  • मार्तडीको एक पसलबाट म्याद गुज्रेका सामान बरामद गरी नष्ट

मार्तडीको एक पसलबाट म्याद गुज्रेका सामान बरामद गरी नष्ट

  • आइतवार, अशोज १३, २०८१
मार्तडीको एक पसलबाट म्याद गुज्रेका सामान बरामद गरी नष्ट

बाजुरा —बाजुराको सदरमुकाम मार्तडीमा एक पसलबाट म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको छ । आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बडीमालिका नगरपालिका ९ स्थित टेक बहादुर विष्टले सञ्चालन गरेको रक्षा शृङ्गार पसलमा अनुगमन गर्दा फेला परेका म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको हो ।

सो पसलबाट म्याद गुज्रेका कष्मेटिक लगायत ३४ प्रकारका सामान बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताएका छन् । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने महंगी र म्याद गुज्रेका सामान बिक्री हुन सक्ने भन्दै सो पसलमा गरिएको अनुगमनका क्रममा हजारौं मूल्यका सामान बरामद गरी प्रशासन कार्यालयमै नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मण्डलले बताए ।

बरामद गरिएका सामानहरु सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, प्रशासन कार्यालयका कर्मचारी, उद्योग वाणीज्य संघ बाजुरा, बडीमालिका ९ का अध्यक्ष सुर्यकिरण विक, प्रहरी, घरेलु कार्यालय, कोलेनिका, पत्रकार लगायतका उपस्थिति तथा रोहबरमा नष्ट गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार