• होमपेज
  • कला /साहित्य
  • प्रवाशि जीवन घर पुगिदैंन की भन्ने डर

प्रवाशि जीवन घर पुगिदैंन की भन्ने डर

  • शनिबार, भदौ ८, २०८१
प्रवाशि जीवन घर पुगिदैंन की भन्ने डर

प्रवाशि जीवन घर पुगिदैंन की भन्ने डर हुन्छ,
किन होला हामिलाई नै देश छाड्ने कर हुन्छ।

नेताहरूलाई सदन भित्र चुनेर पठाउदा सधैँ
नागरिकलाई देश बिकाशको धेरै रहर हुन्छ।

कसको भरमा जाने आर्काको देशमा हामि,
अनहाकमै मर्छन् यता सरकार बेखबर हुन्छ।

बाध्यता हो हजुर परदेश जाने रहर होइन यो,
यहाँ नेताहरूलाई पनि रिमिटेन्सको भर हुन्छ।

सुखेको ओंठ आँखामा आँशु र रित्तो झोला,
आफ्नो भन्नु टेक्ने धर्ती र ओड्ने सगर हुन्छ।

उकाली ओराली र भिर पाखा पखेरामा डुल्ने,
विरहरूको परदेशभित्र टिठ लाग्ने अधर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार