• होमपेज
  • समाज
  • बैतडीका वीरभान विष्ट हत्याका आराेपित पाँचजना पुर्पक्षका लागि कारागार चलान

बैतडीका वीरभान विष्ट हत्याका आराेपित पाँचजना पुर्पक्षका लागि कारागार चलान

  • सोमवार, असार २४, २०८१
बैतडीका वीरभान विष्ट हत्याका आराेपित पाँचजना पुर्पक्षका लागि कारागार चलान

बैतडी— बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक वीरभान बिष्टको हत्या अभियोगमा शिक्षिकासहितका पाँचजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बिष्टको हत्या गरेको आरोपमा पक्राउ परेका बिष्टकी बुहारी नाता पर्ने पाटनकै शिक्षिका समेत रहेकी ३६ वर्षीया भागरथी बिष्ट,३८ वर्षीय भरतमोहन बिष्ट, २६ वर्षीय शाशिष पहरी, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई कारागार चलान गरिएको हो ।

आइतबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख,प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । सोही आदेशअनुसार उनीहरुलाई कारगार चलान गरिएको हो ।

डीएसपी गिरीकाअनुसार पाँचैजना अभियुक्तमध्ये ३६ वर्षीया भागरथी बिष्टलाई जिल्ला कारागार डडेल्धुरा पठाइएको छ । १७ वर्षीय किशोर भट्टराईलाई बाल सुधार गृह दिपायलमा पठाइएको छ भने अन्य तीन जनालाई बैतडी कारागारमा राखिएको छ ।

गत १ असारको रातिदेखि बेपत्ता भएका ट्रक चालक बिष्टको शव तीन दिनपछि विभत्स हत्या गरेर फालिएको अवस्थामा पाटन नगरपालिकाकै पाटन–पञ्चेश्वर सडकखण्डको घाङल खोलामा भेटिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार