• होमपेज
  • समाचार
  • आजकाे माैसम : मेघगर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना

आजकाे माैसम : मेघगर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना

  • मङ्लबार, जेष्ठ १५, २०८१
आजकाे माैसम : मेघगर्जन,चट्याङ्ग सहित वर्षाको सम्भावना

नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभावरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ।

कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन,चट्याङ्ग, र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार