आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह विरुद्ध उजुरी

दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह विरुद्ध उजुरी

  • सोमवार, चैत्र १९, २०८०
दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह विरुद्ध उजुरी

धनगढी— उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाविरुद्ध न्यायपरिषद्मा उजुरी दर्ता भएको छ।

दुई वर्षअघि भएको स्थानीय तह निर्वाचनमा हत्या गरिएका पञ्चदेवल विनायक नगरपालिका–४ का मृतक विनोद शाहीका दाजु डम्मरबहादुर शाहीले पीडितका तर्फबाट थापाविरुद्ध उजुरी दिएका हुन्। मुद्दाको सुनुवाइ हुनुअघि निर्धारित समयभित्र वादी र पीडितका तर्फबाट पेसी स्थगित गरिदिन अनुरोध गरिएकामा मुख्य न्यायाधीश थापाले प्रतिवादीलाई राहत पुग्ने गरी मुद्दा सुनुवाइ गरेर आदेश दिएकाले उनलाई कारबाही गरिदिन पीडितको तर्फबाट न्यायपरिषद्मा उजुरी परेको हो।

शाहीको ज्यान मुद्दा हाल अछाम जिल्ला अदालतमा विचाराधीन रहेकै अवस्थामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अभियुक्त दानमती शाहीलाई उच्च अदालत दिपायलले गत १४ फागुनमा धरौटीमा छोड्न आदेश दिएको थियो।

पीडित पक्ष र वादी नेपाल सरकारका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय दिपायलका सह–न्यायधिवक्ता गौरसिंह महरले पहिलोपटकको पेसी स्थगित गरिदिन रितपूर्वक अनुरोध गरेपछि मुख्य न्यायाधीश शान्तिसिंह थापाले सुरुमा स्थगित भएको जानकारी दिएको, तर सोही दिनको दिउँसो वादी पक्षलाई जानकारी नहुने गरी मुद्दा सुनुवाइ गरेर प्रतिवादी शाहीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको पीडित पक्षको आरोप छ।

अछाम जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशविरुद्ध प्रतिवादी दानमती शाहीले २०८० साल फालुन ९ गते उच्चअदालत दिपायलमा पुनरावेदन दर्ता गराएकी थिइन। पुनरावेदन दर्ता भएको १४ दिनभित्रै उच्चअदालत दीपायलले प्रतिवादी दानमती शाहीलाई धरौटीमा छाड्न आदेश दिएको थियो। दिनेशखबर

चर्चामा

सम्बन्धित समाचार