मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ईलाका प्रशासन स्थापनाको माग गर्दै मन्त्री जोशी र सांसद पाण्डेलाई बुझाए ज्ञापन पत्र

ईलाका प्रशासन स्थापनाको माग गर्दै मन्त्री जोशी र सांसद पाण्डेलाई बुझाए ज्ञापन पत्र

  • बुधबार, चैत्र १४, २०८०
ईलाका प्रशासन स्थापनाको माग गर्दै मन्त्री जोशी र सांसद पाण्डेलाई बुझाए  ज्ञापन पत्र

बाजुरा‍‍– बाजुराको उत्तरी कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी र प्रतिनिधिसभा सदस्य बद्रीप्रसाद पाण्डेलाई ज्ञापन पत्र बुझाएको छन । मंगलबार कुण्डाली एकता समाज बाजुराले मन्त्री जोशी र सांसद पाण्डेलाई ईलाका प्रशासन स्थापना र मार्तडी कोल्टी सडकखण्डमा बससेवा सञ्चालनको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन । संघियतामा गाउँ गाउँमा सिंहदरबार पुगेपनि बाजुराको उत्तरी क्षेत्रका जनताले प्रशासनिक सेवा लिन प्रतिव्यक्ति दशदेखि पन्ध्र हजार रुपैयाँ खर्च गरि ५/६ दिन लगाएर सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै मार्तडी कोल्टी सडकखण्ड निर्माण भएर जीप लगायतका सवारी साधन चल्न थालेको लामो समय बितिसक्दा पनि अझै मर्मत सम्भार नहुँदा पटकपटक यातायात सेवपा अवरुद्ध हुदैँ आएको मन्त्री जोशी र सांसद पाण्डेलाई कुण्डली एकता समाजले ध्यानाकर्षण गराएको जनाएको छ ।
मार्तडी कोल्टी सडकमा विभिन्न समय बस सेवा सञ्चालन गर्न खोजेपनि नियमित बस सेवा सञ्चालन नहँदा त्याँहाका जनताले सुलभ यातायात तथा राज्यको अभिभाकत्व महशुस गर्न नसकेका ज्ञापन पत्रमा भनिएको छ । त्यस्तै कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय तत्काल स्थापना र यथाशिध्र मार्तडी कोल्टी नियमित बस सेवा सञ्चालनका लागि मन्त्री जोशी र सांसद पाण्डेलाई अनुरोध गरेको छ ।
यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ज्ञापन पत्र बुझ्दै बाजुराको पूर्वोत्तर क्षेत्र कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन ।
जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टी हुँदै छिमेकी जिल्ला हुम्ला जोड्ने एक मात्र सडक मार्ग कोल्टी, मार्तडी सडक खण्डको कालोपत्रेका लागि ठेक्का लिएको ठेकेदारले काममा ढिला सुस्ती गर्दा अलपत्र बनेको सडकको निमाणर् कार्य अगाडी बढाउन, कोल्टी मार्तडी सडक खण्डलाई कणर्ाली करीडोरसँग जोड्न बुढीनन्दाको दानसाघुँ खोलामा बेलिव्रीज निमाणर् कार्य अगाडी बढाउन, कुण्डा क्षेत्रका चार वटा पालिकालाई पायक पर्ने स्थानमा ईलाका प्रशासन बनाउन आबस्यक पहल गर्ने मन्त्री जोशीले प्रतिबद्धता ब्यक्त गरेका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार