• होमपेज
  • समाचार
  • २१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

२१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

  • बुधबार, पुस ११, २०८०
२१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं — नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

बाटो म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको बुधबार जारी सुचनामा उल्लेख छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

हेर्नुहोस् सूचना

चर्चामा

सम्बन्धित समाचार