शनिबार, असार १३, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बक्यौता नतिरेका चार ठूला उद्योगको लाइन काटियो

बक्यौता नतिरेका चार ठूला उद्योगको लाइन काटियो

  • शनिबार, पुस ७, २०८०
सेयर गर्नुहोस् :
बक्यौता नतिरेका चार ठूला उद्योगको लाइन काटियो

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड लाइनको बक्यौता नतिरेका चार ठूला उद्योगको लाइन काटेको छ । जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड तिर्न बाँकी छ । रिलायन्सले १ अर्ब ९४ करोड तिर्न बाँकी छ ।घोराही सिमेन्टको १ अर्ब ३६ करोड बक्यौता रहेको छ । अर्घाखाँचीको १ अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार