• होमपेज
  • देश
  • इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

  • सोमवार, अशोज २२, २०८०
इजरायलबारे छलफल गर्न मन्त्रिपरिषद बैठक आह्वान, सर्वदलीय बैठक पनि बस्दै

काठमाडौं —प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णय गर्न मन्त्रिपरिषदको विशेष बैठक आह्वान गरेका छन् ।

बैठक सोमबार अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री प्रचण्डले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक बोलाएका छन् ।

बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेपाली समयअनुसार शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार