शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • देश
  • ‘सुदूरपश्चिमलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको छु’ – अध्यक्ष ओली

‘सुदूरपश्चिमलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको छु’ – अध्यक्ष ओली

  • आइतवार, अशोज २१, २०८०
‘सुदूरपश्चिमलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको छु’ – अध्यक्ष ओली

धनगढी— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहना रहेकाे बताएका छन्।

सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन समारोहमा ओलीले देश र जनतालाई आशा जगाउने बेलामा प्रधानमन्त्री भ्रमणमा केन्द्रित भएको  बताए। सुदूरपश्चिम प्रदेश विकासका दृष्टिकोणले पछाडि परेको भन्दै ओलीले प्रदेशलाई आधुनिक, विकसित र समृद्ध बनाउन चाहेको बताएका हुन्।

प्रदेश अधिवेशनमार्फत आउने नयाँ नेतृत्वबाट सुदूरपश्चिम प्रदेशमा रहेका समस्याहरू हल गर्न सक्नु पर्ने ओलीको भनाइ छ। ‘सुदूरपश्चिममा एमालेले चेतना ल्याउनुपर्छ। त्यो जिम्मेवारी अब आउने कमिटीलाई हुनेछ। यस अधिवेशनबाट आउने कमिटीले नेतृत्वको भूमिका खेल्नु पर्छ’, उनले भने।

चर्चामा

सम्बन्धित समाचार