• होमपेज
  • देश
  • नेकपा एकिकृत समाजवादी बाजुराद्धारा प्रमुख जिल्ला अधिकारी पौडेललाई ५ बुँदे ज्ञापन पत्र

नेकपा एकिकृत समाजवादी बाजुराद्धारा प्रमुख जिल्ला अधिकारी पौडेललाई ५ बुँदे ज्ञापन पत्र

  • आइतवार, अशोज २१, २०८०
नेकपा एकिकृत समाजवादी बाजुराद्धारा प्रमुख जिल्ला अधिकारी पौडेललाई ५ बुँदे ज्ञापन पत्र

बाजुरा —नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी बाजुराले प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल मार्फत सम्बन्धित निकाएको ध्यान आर्कषण गर्न ५ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

बाजुरा जिल्लाका जनताले भोग्नु परिरहेको दुःख, समस्याका विषयमा प्रमुख जिल्ला अधिकारी मार्फत गर्न सकिने पहलका लागि .ज्ञापन पत्र बुझाइएको नेकपा एकिकृत समाजवादी जिल्ला कमिटी बाजुराले जनाएको छ । सडक यातायत, खडेरी र बाढी पहिरोको जोखिमले भोकमरीको समस्या, स्वास्थ्य उपचार लगायतका समस्याहरुको समाधान गर्न प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानाकर्षणका लागि पहलका लागि नेकपा एकिकृत समाजवादी बाजुराले माग गरेको छ ।

यस बर्षको दशै तिहार नजिकिएसंगै मार्तडी, कोल्टी लगायतका डिपोहरुमा तत्काल खाद्यान्न आपूर्ति गर्न माग गरिएको पार्टी अध्यक्ष पुरबहादुर रावतले बताएका छन । मार्तडीमा आएको महंगो चामल बाजुरेली जनताले किनेर खान नसक्ने भन्दै सुपथ मुल्यमा चामल वितरणको तत्काल व्यवस्था हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

जिल्लाका विभिन्न ठाउँमा खाद्य डिपो भएकाले खाद्यान्न किनेर खान सहज भए पनि हिमाली गाउँपालिकामा भने डिपोबाट चामल तथा नुन लिन दुई तिन दिन पैदल यात्रा गर्नु पर्ने बाध्यता रहको पार्टी अध्यक्ष रावतले बताए । गाउँपालिकाको वडा नंः १, २ र ३ मा कोल्टी तथा कवाडीबाट खाद्यान्न बोकेर खान कष्टकर भएको हुँदा हिमाली गाउपालिकाको १ नम्वर नेटामा खाद्य तथा नुन डिपो तत्काल स्थापनाका लागि पहलको माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

दशै तिहार अगाडी नै मार्तडी – कोल्टी सडक सहज रुपमा सञ्चालन गरि जिल्लाका ग्रामिण सडकमा यातायात ब्यावसायीहरुले असुल्ने मनपरि भाडा असुलीलाई तुरुन्त नियमानुसार भाडा लागु गर्न ज्ञापन पत्र मार्फत आग्रह गरेको छ । त्यस्तै बाजुरा र हुम्ला जिल्ला संग जोडिएको हिमाली ३ को रानीसैन क्षेत्रमा हुम्लाको नाम्खा गाउँपालिकाका स्थानियले चलन भोक गरिरहेको बताइएको छ ।

बाजुराको जडिबुटी समेत हुम्लामा लगि राजश्व पनि त्यहि तिर्ने हुँदा उक्त राजश्व बाजुरामा नै तिर्ने व्यावस्था मिलाउन माग गरिएको एकिकृत समाजवादी बाजुरा जिल्ला अध्यक्ष पुरबहादुर रावलले बताए । त्यस्तै स्वामिकार्तिक २ र कालिकोटको पलाता गाउँपालिका १ बिचको सिमामा र बडिमालिकाको त्रिवेणी क्षेत्रहरुमा कर्णली  प्रदेशले निर्माण गरेका भौतिक संरचना र खप्तड र रानीसैन लगायतका क्षेत्रमा रहेको सिमा विवाद तत्काल समाधानका लागि पहल कदमीका लागि नेकपा एकिकृत समाजवादी बाजुराले माग गरेको छ ।

ज्ञपान पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले आफू बाजुरा जिल्ला आएको धेरै भएको छैन । ज्ञपान पत्रमा उल्लेख भएका विषय बस्तुहरु सम्बन्धिन निकाएमा जानकारी गराउने र जिल्ला तहबाट समाधान हुने विषय बस्तुहरु यतै जिल्लाका सवै सरोकारवालाहरुको समन्वयमा समाधान गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार