शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • देश
  • भूकम्प पीडितलाई भेट्न पूर्वगृहमन्त्री लामिछाने बझाङमा

भूकम्प पीडितलाई भेट्न पूर्वगृहमन्त्री लामिछाने बझाङमा

  • बिहिबार, अशोज १८, २०८०
भूकम्प पीडितलाई भेट्न पूर्वगृहमन्त्री लामिछाने बझाङमा

बझाङ— भूकम्प पीडितहरुको अवस्था बुझ्न पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बझाङ आइपुगेका छन्।

बुधबार साँझ बझाङ पुगेका उनले भूकम्पपछि घाइते भएका र विस्थापितहरुलाई भेटेका छन्। बझाङको वित्थडचिर, केदारस्युँ गाउँपालिकामा भूकम्प पीडितसँग भेटघाट गरी अबेर सदरमुकाम चैनपुर पुगेका लामिछाने भूकम्पका कारण बाहिर बसिरहेका सदरमुकामका स्थानीय र घाइतेहरुलाई भेटेका थिए।

आज (बिहीबार) बिहान प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाकर्मी र स्थानीयसँग भेटघाट गरेका लामिछानेले पीडितहरुलाई राहत समेत वितरण गरेका छन्। उनले विपद्मा परेकाहरुलाई सान्त्वना दिन बझाङ आएको र यहाँको समस्या प्रति गम्भीर बन्न सदन र अन्य निकायमा आवाज उठाउने बताए।

चर्चामा

सम्बन्धित समाचार