• होमपेज
  • देश
  • गुन्डा नाइके रिगललाई आममाफी दिने सरकारको निर्णयमा हाम्रो सहमति छैन् : माधव नेपाल

गुन्डा नाइके रिगललाई आममाफी दिने सरकारको निर्णयमा हाम्रो सहमति छैन् : माधव नेपाल

  • बिहिबार, अशोज १८, २०८०
गुन्डा नाइके रिगललाई आममाफी दिने सरकारको निर्णयमा हाम्रो सहमति छैन् : माधव नेपाल

काठमाडौं— सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गुन्डा नाइके रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयमा आफूहरुको सहमति नभएको स्पष्ट पारेका छन् ।

रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालगञ्जका एक अपराधीलाई आममाफी दिने कुरामा हाम्रो सहमति छैन । हामीसँग सरकारले कुरा गरेर जानकारी गराएको पनि छैन ।’

सो क्रममा उनले देशमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा वैदेशिक हस्तक्षेप बढ्न थालेको पनि टिप्पणी गरे । नेपालले भने, ‘लिम्पियाधुरा, कालापानी र समेटिएको नेपालको नक्सालाई भारतले मान्नु पर्दछ । हाम्रो भूमि फिर्ता गर्नुपर्छ । चीनले पनि हाम्रो नयाँ नक्सालाई मान्यता दिनुपर्दछ ।’

अध्यक्ष नेपालले देशमा पछिल्लो समय धार्मिक हिंसा भड्किन खोजेको भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए । एक अर्कालाई सम्मान गर्न सक्नुपर्नेमा उनको जोड थियो ।

चर्चामा

सम्बन्धित समाचार